पहिलो पहिलो भेट

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
पहिलो पहिलो भेट हाम्रो वोलौ कसो गरी
छात्ती चिरी मनको कुरा खोलौ कसो गरी

नवोलौ त मनको कुरा मन मै रहने हो कि ?
माया सम्झि वोलौ भने वात लाग्ने हो कि ?

नहासौ त दिलको पीर दिल मै दुख्ने हो कि ?
वाटो काटी लुकौ भने फेरि नभेटिने हो कि ?

नवाधौ त माया प्रिती फुकि जाने हो कि ?
आशा गरी वसौ भने विर्सी दिने हो कि ?
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: