किन होला

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
किन होला रुनु पर्ने दुख पर्दा आशु संग
किन होला दुख्नु पर्ने चोट सहि मुटु संग

दुनियामा रीत भन्छन् ब्यथालाई पीउन
फेरी यहा दोहोरीन्छ त्यस्तै रात जीउन

किन होला मात्नु पर्ने पीउनु पर्दा नशा संग
किन होला बाच्नु पर्ने बाचा गर्दै आशा संग

सागरमा छाल बढ्छन् किनारालाई छुन
मन त्यसै चल्बलाउछ फेरि दुखी हुन

किन होला जाग्नु पर्ने दिन पछि रात संग
किन होला हेर्नु पर्ने झुटो दुनियाको रङ्ग
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: