सार आधुनिक तथा लोक गीति संग्रह

सार आधुनिक तथा लोक गीति संग्रह को सम्पूर्ण गीत रचना टंक सम्वाहाम्फे र गायन तथा संगीत कृष्णभक्त राइ साथै नम्वर २ गीत बरिष्ठ संगीतकार दिनेश सुब्बा र नम्वर ५ संगीतकार हेमन्त शीशीरको संगीत रहेको छ ।

१ ढल्यो त्यसै दिन

ढल्यो त्यसै दिन मेरो साझ संगै डुब्न
रह्यो त्यसै चाह मेरो तिमी सम्म पुग्न

पुग्नु थियो धेरै टाढा फुल चढाइ देउरालीमा
नाघ्नु थियो डाडाकाडा दुख बिसाइ उकालीमा
भोग्नु मात्र रहेछ ब्याथा छाती पोली पोली
कति सुनाउ मनको वह दिल खोली खोली

राख्नु थियो यतैकतै सपना सझाई बिपनीमा
हास्नु थियो भित्री कतै तिम्लाई हर्साई जीन्दगीमा
रुनु मात्र रहेछ आशु चोट बोकी बोकी
कति सम्झाउ मनको वह भूल देखी देखी
---
२ गुरास टिपी

गुरास टिपी लाएका थियौ हामी सानो छदा
लुकमारी खेलेकाथ्यौ रानी वन घुम्दा

आजै जस्तो लाग्छ मलाई संगसंगै खेलेको
याद छ रुख खोपी हाम्रो नाम लेखेको
हृदय खोली हासेका थियौ एक अर्का भेट्दा
लुकमारी खेलेकाथ्यौ रानी वन घुम्दा

हिजै जस्तो लाग्छ मलाई फुलपाती राखेको
सम्झना छ अझै पनि चिनो हामीले साटेको
आगन भरी नाचेका थियौ चुलवुले मन हुँदा
लुकमारी खेलेकाथ्यौ रानी वन घुम्दा
---
३ तिम्लाई सम्झि

तिम्लाई सम्झि रात वित्यो आशै आशमा अल्झिएर
झनै दुख्यो छाती मेरो चोट त्यसै वल्झिएर

संगै हास्ने मन थियो विवशताले टाढी गयौ
हात मेरो समाएर फेरि किन छाडी गयौ
तिम्लाई पर्खी दिन वित्यो यादै यादमा कल्पिएर
झनै दुख्यो छाती मेरो चोट त्यसै वल्झिएर

साथै जीउने वाचा थियो किन तिम्ले तोडी गयौ
यात्रा मेरो पछ्याएर फेरि अन्तै मोडी गयौ
तिम्लाई खोज्दै जुनी वित्यो आशै आशमा वाधिएर
झनै दुख्यो छाती मेरो चोट त्यसै वल्झिएर
---
४ देउरालीमा

ब्यर्थै किन चढाएछु देउरालीमा फूल
माया गरी तिमी संग गरे एउटा भुल

माया थियो कति चोखो समुद्रको गहिराइ जस्तो
कसम थियो दुइ मुटुको चम्कि रहने जून जस्तो

साथ थियो कति सुन्दर परेवाको जोडी जस्तो
बाचा थियो सधै हाम्रो चम्कि रहने जून जस्तो
---
५ एउटा शुन्दर संसार

एउटा शुन्दर संसार थियो मनको बस्ति भित्र
हुरी आई उर्डाई लग्यो मेरो भाग्य सित
उजाड भयो जीन्दगानी दुख्दा छाती भित्र
ब्यथा सहि बाच्नु पनि भयो यहा रीत

सारा बिश्वास भत्किएर ब्यर्थै भयो प्रीत
बेमौषममा पनि पैह्रो चल्यो आशा बीच
हेरीरहे दृश्यहरु आफै भित्र लुकाई
बल्झिरहे मनहरु आफ्नै मुटु दुखाई

जीन्दगीमा चोट लाग्यो जीउदा आफै सीत
हार्नै थियो सारा दिन काहा भयो र जीत
बुनिरहे सपनाहरु चाहाना भत्काएर
सहिरहे दुखहरु आत्मा थमाएर

६ डाडा माथी

डाडा माथी वादलुले घामै छेक्यो कि-
सताई रहन्छ सम्झनाले माया वस्यो कि-

त्यो खोलाको सुर्साईमा तिम्रै गीत गाउछु
सपनीमा पनि सधै तिमीलाई नै पाउछु
एकै दिनको भेटघाट सम्वन्ध भो गहिरो
लागि रहन्छ किन होला चाहानाको ओईरो

त्यो झरनाको वहकाईमा तिम्रै प्रीत पाउछु
कल्पनीमा पनि सधै तिमीलाई नै पाउछु
सुन्दर हाम्रो संसारमा जाने हो कि पहिरो
लागि रहन्छ किन होला रहरको धुइरो
---
७ वर्षाको मौषम

वर्षाको मौषम रिमझिम पानी परीरहयो
जुनेलीमा भेटौ भन्थ्यौ जुन झरीगयो

देखी रहु जस्तो लाग्छ आखाभरी सधै
झझल्कोले झस्काउछ नपाउदा कतै
मुटु भरी व्यथाहरु त्यसै वढीरहयो
जुनेलीमा भेटौ भन्थ्यौ जुन झरीगयो

वाधी राखु जस्तो लाग्छ छात्तीभरी सधै
चाहानाले अत्याउछ भेट नहुदा त्यसै
दिउ भन्थे फुलहरु त्यसै ओइलीगयो
जुनेलीमा भेटौ भन्थ्यौ जून झरीगयो
---
८ हासो खुशी जीन्दगीमा

हासो खुशी जीन्दगीमा कसैले पो खोस्यो कि-
निधारमा भाग्य लेख्न दैवले पो विस्र्यो कि-

भाग्य सवको चम्किदिन्छ आफु कर्महारा
रम्न खोज्दा यो आखामा वग्छ आशु धारा
पाप हो कि श्राप हो ब्यर्थै भोग्नु परयो
दुनियाको खेल मात्रै मैले देख्नु परयो

विती रहेछ यसरी नै जीवन यो सारा
दुखीयालाई वनाई दिन्छन् दोषको तारा
ताप हो कि राप हो त्यसै सहनु परयो
वाध्यताको ढुङ्गा यहा आफै माथी झर्यो
---
९ तिमी थियौ

तिमी थियौ आफ्नो भन्ने एक्लै पारी छोडी गयौ
साचो माया दिन्छु भनि सारा नाता तोडी गयौ

संगै वाचौ संगै हाचौ भन्ने वाचा टाढा भयो
जीउनुका आधारहरु छाती भित्रै भत्कि गयो
एउटै यात्रा भन्थ्यौ तिमी काटो हाम्रो छुटी गयौ

उस्तै मुटु उस्तै धड्कन सोच्ने पनि ब्यर्थै भयो
सपनाका आकारहरु पुरा नभै चर्कि गयो
सव थोक सम्झे तिमीलाई मैले मेरै भाग्य कुल्चि गयौ
---
१० पूणिर्माको

पूणिर्माको जून हौ कि मेरो मनको धुन
दिन रात आईपुग्छौ हृदयलाई छुन

जहा गए पछ्याउछ तिम्रै छायाले
जति सम्झे लठ्याउछ तिम्रै मायाले

निद्रामा झस्काउछ तिम्रै प्रीतले
एकान्तमा जिस्काउछ तिम्रै मुस्कानले

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान

म रोइदिन्छु

गीतकार - टंक सम्वाहाम्फे / स्वर तथा संगीत - कृष्णभक्त रार्इ

मनोभाव गीतिसंग्रह विमोचन हंगकंगमा

अन्तराष्ट्रिय साहित्य समाज हङकङ च्याप्टर द्वारा आयोजित कार्यक्रममा गीतकार टंक सम्वाहाम्फेको एकल गीति
लेखन साथै संगीतकार दिनेश सुब्बाको एकल संगीत रहेको आधुनिक गीति संग्रह हङकङका तात्कालिन महावाणिज्यदूत माधव घिमिरे बरिष्ठ संगीतकार बिक्रम गुरुङ्गले संयुक्त रुपमा '' मनोभाव '' आधुनिक गीति संग्रह सन २००४।०८।१५ तारिखका दिन विमोचन गरीयो । उक्त संग्रहमा नेपालका चर्चित गायक गायिकाहरुको स्वर रहेको छ ।सोहि विमोचन समारोहमा नेपालबाट आइ हङकङ बसोवास गर्नु हुने गीतकार संगीतकार साहित्यकार पत्रकार साथै समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो ।उक्त अवशरमा आधुनिक गायक रामकृष्ण ढकालको पनि उपस्थिती रहेको थियो। सोहि कार्यक्रमको अन्य तस्विर झलकहरु तल हेर्नुहोला ।















मनोभाव गीतिसंग्रह विमोचन नेपालमा

आदिवासी गीतकार समाज नेपाल द्वारा आयोजित कार्यक्रममा गीतकार टंक सम्वाहाम्फेको एकल गीति लेखन साथै
संगीतकार दिनेश सुब्बाको एकल संगीत रहेको आधुनिक गीति संग्रह मनोभाव कवि तथा प्राज्ञ वैरागी काइला को बाहुलीबाट वि.सं. २०६२ मंसीर ४ गतेका दिन विमोचन गरीयो । मनोभाव आधुनिक गीति संग्रहमा नेपालका चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ । उक्त विमोचन समारोहमा गीतकार संगीतकार साहित्यकार पत्रकार साथै समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । सोहि कार्यक्रममा बरिष्ठ कवि तथा प्राज्ञ इश्वरवल्लभ र गायक संगीतकार तथा प्राज्ञ वुलु मुकारुङ अतिथीको आसनमा हुनुहुन्थ्यो। कार्यक्रमको संयोजन एचके नेपाल डट्कमले गरेको थियो । सोहि कार्यक्रमको अन्य तस्विरहरु तल हेर्नुहोला ।