छाती भित्र

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
छाती भित्र आगो वल्दा कस्ले देख्छ मुटु जलेको
निद्रा छैन आखा संग कस्लाई थाहा रात ढलेको

खुशी सवै चोट वने जति हास्न खोजे पनि
कति वाचु मैले यहा सारा दिन गनी गनी
आशा त्यसै मरी सक्यो अधुरो भइ जीउदा
विर्सी दिन्छु व्यथा सवै साझ पख पीउदा

आस्था त्यसै भत्कि गए जति जोड्न चाहे पनि
दोषी ठान्छन् सवै मलाई हिड्नु पर्यो एक्लै वनि
छाती त्यसै दुखी रह्यो फाटेको मन सिउदा
रोइ दिन्छु कहिले कहि वाधा टेक्दै हिड्दा
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: