सवै टाढा

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
सवै टाढा हुन थाले आज आफ्नै मान्छे किन
भुल गरे भनौ भने प्रीत दिए सारा दिन

सोच्दा मात्र डर लाग्छ सुन सान छ रात पनि
जीउनुका तरङ्गहरु उर्लिन्छ यहा छाल वनि
आसु त्यसै वग्न थाल्यो सोची वस्दा एकै छिन
भुल गरे भनौ भने प्रीत दिए सारा दिन

हिड्दा त्यसै ठेस लाग्छ यता उता छ वाटो पनि
दुखाईका कम्पनहरु थपीदै जान्छ आलो वनि
कति दिन दोषी वनौ आफैलाई लाग्छ घीन
भुल गरे भनौ भने प्रीत दिए सारा दिन
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: