माया भन्नु

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
माया भन्नु के होला सोधौ अव कस्लाई
सोध्न मन लागेको छ चाहेको छु जस्लाई

के निहु पारी भनौ मैले मनको कुरा
दिल त्यसै धड्किन्छ वज्दा उनको चुरा
प्रीत भन्नु के होला सोधौ अव कस्लाई
सोध्न मन लागेको छ चाहेको छु जस्लाई

हृदयको चाह मेरो कहिले होला पुरा
मुटु साटौ भन्दा भन्दै चल्ने हो कि छुरा
प्रेम भन्नु के होला सोधौ अव कस्लाई
सोध्न मन लागेको छ चाहेको छु जस्लाई
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: