सपनीमा

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
सपनीमा तिम्लाई देखी वर्वराएछु राती
व्युझी खोजे अध्यारो मै पाउनलाई कति

मोहनी पो लायौ कि तिमी नै तिमी देख्छु
एकान्तको सुर्साईमा पनि तिम्रै वोली सुन्छु
भेट नहुदा त्यसै त्यसै देख्दो रहेछ छाती
व्युझी खोजे अध्यारो मै पाउनलाई कति

वैरागी पो पार्यौ कि तिम्रै गीत लेख्छु
सम्झनाको तरेली मै मनको प्यास मेट्छु
रोजी सके तिमी लाई नै जीवनको साथी
व्युझी खोजे अध्यारो मै पाउनलाई कति
-
------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: