तिम्लाई सम्झि

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
तिम्लाई सम्झि रात वित्यो आशै आशमा अल्झिएर
झनै दुख्यो छाती मेरो चोट त्यसै वल्झिएर

संगै हास्ने मन थियो विवशताले टाढी गयौ
हात मेरो समाएर फेरि किन छाडी गयौ
तिम्लाई पर्खी दिन वित्यो यादै यादमा कल्पिएर
झनै दुख्यो छाती मेरो चोट त्यसै वल्झिएर

साथै जीउने वाचा थियो वाध्यताले कुल्चि गयौ
यात्रा मेरो पछ्याएर फेरि किन मोडी गयौ
तिम्लाई खाजी जुनी वित्यो वाचै वाचामा वाधिएर
झनै दुख्यो छाती मेरो चोट त्यसै वल्झिएर
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: