तिमी थियौ

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
तिमी थियौ आफ्नो भन्ने एक्लै पारी छोडी गयौ
साचो माया दिन्छु भनि सारा नाता तोडी गयौ

संगै वाचौ संगै वाचौ भन्ने पनि त टाढा भए
जीउनुका आधारहरु छाती भित्रै भत्कि गए
एउटै यात्रा भन्थ्यौ तिमी हिड्दा हिड्दै मोडी गयौ
साचो माया दिन्छु भनि सारा नाता तोडी गयौ

उस्तै मुटु उस्तै धड्कन सोच्ने पनि त वैरी भए
सपनाका आकारहरु पुरा नहुदै च्याती गए
सव थोक सम्झे मैले मेरै भाग्य कुल्चि गयौ
साचो माया दिन्छु भनि सारा नाता तोडी गयौ
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: