कोहि डुब्छन्

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
कोहि डुब्छन् पानी भित्र कोहि ढुंगा माथी
दैवले जुराएको हुन्छन् थोरै भाग्यमानी

मान्छे एकै वाटो एउटै कोहि सुख पाउछन्
दिनरात उस्तै टेके पनि कोहि दुख ताप्छन्र्

कर्मको पाप हो या भावीको खेल
दुखियाको छाती माथी दुखै वन्छ भेल

आत्मा एकै रहर एउटै कोहि हासो पीउछन्
संसार उस्तै देखे पनि कोहि रोई जीउछन्

खुल्ला छ संसार कसैलाई जेल
दुखियाको छाती माथी दुखै वन्छ भेल
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: