जिवन जिउनको लागि हरेक मान्छेले आ -आफ्नै खाले समय र परिस्थितिसंग सम्झौता गर्नुपर्नेहुन्छ नचाहेर पनि । यदि कसैले त्यो क्षणहरु संग कुनै प्रकारको सम्झौता गर्न चुक्यो भने उसको जिवन केही न केही वर्वादीका पलहरुले आकस्मिक आक्रमण गर्न सक्छन् । उक्त आक्रमणवाट पुनः यथास्थितिमा तग्रीनकोलागि मानसिक रुपमा घाइते हुनु त पर्छ नै । त्यो भन्दा पनि ठूलो आर्थिक क्षति र भौतिक प्रतारणा व्याहोर्नु पर्नेहुन्छ । तर्सथ हरेक कामको लागि विवेक आवश्यक हुन्छ । विवेक भएर मात्र पनि हुदैन त्यसलाई सही ढंले उपयोग गर्दै लग्यौं भने वांच्नको लागि केही सुलभ पक्षहरु देखा पर्दै जान्छन् । प्रत्येक क्षण समस्याहरु मानिस सम्मुख भएर उत्पनिनु त्यो कुनै नौलो कुरो होइन । तर त्यसलाई सावधानी पूर्वक लग्नु भने कर्तव्य नै ठहरिन्छ । संसारमा मानिस अन्य प्राणीहरु भन्दा र्सवश्रेष्ठ भएकै हैसियतले कठोर भन्दा कठोर अवस्थालाई सहजै कुल्चदै जानु मानवीय लक्ष्य पनि हो । किनकि अन्य प्राणीमा कुन कठोर र हुन सहज भन्ने अनुभूति हुदैन । भय भए अलिकति भोक र मृत्युको हुन्छ । चेतना वोधकै कारण मानिस आफ्नो प्रसायमा सफल भएको छ । हुन त कति प्रयासहरु विफल पनि नभएका होइनन्। तर हुदा सम्म र गर्दा सम्मको सफलताले यो उत्तर आधुनिक समय व्यतित गर्न पाइरहेका छौं। कतिपय मानिसको सपना विशाल रुपले फैलदा तुहेर गएको देखेका छौं । सपना जो देख्छौ त्यो एक प्रकारले समस्या पनि हो । किनभने त्यही सपना साकार पार्नको लागि अनेकौं उपायहरु जन्माउछौं । उपायलाई उपाय नै वनाउन भने हरेक दुःख कष्टहरु व्यहोर्दै जानुपर्छ नत्रभने त्यो केवल कल्पना मात्र वन्न पुग्छ । प्रत्येक मान्छेलाई उन्मुक्त हुन मनलाग्छ आफ्नो व्यवहारिक लान्छनाहरु पन्छाएर । तर तारको तार आउने साना ठूला विपत्तिहरुले कहांपो उम्कन दिन्छ र - कहिले काही त उराठै लाग्ने गरी थुप्री दिन्छन् सोच्नै नसोचेका समस्यारुपी ढुंगाहरु ।
यी हरेक वस्तुस्थितिलाई नियालेर हेर्दा लाग्छ । मान्छे मात्र दास हो समयको । धर्तीमा पाउ राखेदेखि वर्तमान क्षणसम्म उमेर थप्दै जिवन रथ यहां सम्म ल्याइपुर्याएका छौं। जहां सम्म आएका छौ तर यहासम्म आउनलाई कहां सजिलै भएको हो र - कति वाध्यतासंग किचिएर हो भने कति परिस्थिति संग थिचिएर हो । वितेको पल त आखिर अतित नै भइसक्यो तर आगत समयको आकृति भने कस्तो हुन्छ भन्ने चाहि मात्र गर्न सक्छौं अन्दाज । साचै भन्ने हो भने भविष्य भन्ने कस्ले पो ठोकुवा गर्न सक्छ र - अतितलाई नभुलौ भन्दा पनि भुल्नै पर्छ नया दिनहरुको आगमनले । हामीमा हुने आभाष पनि त्यसरी नै परिवर्तित हुदै जान्छन्। यदि यि सव कुराहरु नस्वीकारु त्यो हुदै हुदैन, स्वीकारुं जिन्दगीको खेल अरु जटिल वन्दै जान्छ । हरेकले खेल्दै जानुपर्ने यो जोखिमपूर्ण खेल कहांपुगे र अन्त हुन्छ ।त्यो पनि कसैलाई थाहा हुन्न तर नाई भन्न पाइन्न वाचुन्जेल । लाग्छ कहिले काही खेल भोग्नलाई होइन मात्र खेल दुनियालाई प्रदर्शन गर्न आइएछ भनेर । संसारका तमाम मान्छेहरु अक्सर जिवनवाट स्वतन्त्र कतै भाग्न चाहान्छन् तर चाहे अनुरुप कहांपो भाग्न सकेकाछन्।वढ्ता भए केही दिनको छुटिमा त्यो भन्दा वढी केही हुन सक्दैन । सके जोगी होला तर जोगीलाई पनि मागेर पेट भर्नुको पीर त हुन्छ नै अन्य पीर नभए पनि । मान्छेको इन्द्रियले समय भन्दा चाडै कतै पुगुं लाग्छ तर समयले पछारी राखेकै हुन्छ वारम्वार।हुन त यो समय भन्ने कुरा नै के हो थाहा छैन । तर समय नामाकरणले हामी त्यसलाई अनुभूत गर्ने गर्र्छौ त्यही होकि भनेर।त्यो नहुन पनि सक्छ विश्वास मात्र हो हाम्रो। विहानदेखि साझ सम्मको दिन र साझ सम्मको पललाई रात भनेर वुझ्दछौं।अथवा समयको हिसावमा वाह्रघण्टाको रात र वाह्रघण्टाको दिन वास्तवमा यो वुझाई नै हाम्रो आधार हो ।त्यो नहुन पनि सक्छ तर त्यसालाई मानी दिन्छौं ।मान्नु नै त्यो अवस्थालाई स्वीकार गर्नुहो ।जव हामी कुनै कुरा स्वीकार गर्र्छौं त्यो नै हाम्रो मानक वन्छ ।यथार्थमा जिउने क्रमलाई घिस्याउने पार्टपूर्जाहरु तिनै हुन कि जस्तो भान हुन्छ कहिलेकाही ।वास्तवमा तिनै पनि हुन् ।यी व्यहोर्नु र भोग्नुपर्ने अवस्थाहरु नआउनु ,नहुनु र नदेखिनुहो भने महसूस भन्नेकुरा नै हुदैन ।महसूस नभएपछि मैले के गरे कसोगरे भन्ने कुराको हेक्का हुदैन तर्सथ मानिसकोलागि त्यो सोचमा झुडिण्नु कदापि सार्थकता ठहरिदैन ।सार्थकताको लागि जे परेपनि जस्तो सुकै आघात भोग्नु परे पनि हासी हासी अघि वढ्नु प्रेरणादायी हुन्छ ।जस्ले अरुले ती क्षणहरुवाट मुक्ति पाउन केही मद्दत पुग्दछ ।यस्तो कुराको प्रभावले मानिसमा आत्मावलको सृजना हुन्छ जसले गर्दा जिवन निरन्तरतामा नया रंग नया आभासको संगीत गुन्जन पुग्दछ ।तव क्रियाशीलता प्रभावकारी भएर कोही के कोही के वन्न पुग्दछ ।यहि कृयाशीलतामा मान्छेले जिवन भन्ने कुराको परिचय पाउछ ।र त वोल्नुमा भन्दा गरेर देखाउनुमा विश्वास गर्दछ । आज जो हामी गरिरहेछौं त्यो हिजोको भन्दा कैयौं गुणा फरक छ किनभने त्यो गतिशील समयको उपज हो । जसलाई गतिशीलताको महत्व हुन्न त्यसलाई त्यो उपलव्धिको आभाष साथै महत्व पनि हुन्न ।यी सारा त्याग्नेलाई साचै भन्ने हो भने जिवन कै मोह पनि हुदैन ।वास्तवमा तिनीहरु नै जिवनको सम्पूर्णता चाहान्दैनन् वीचै सुनौलो जिन्दगी त्यागिदिन्छन् ।कठोर र सहज भन्ने चाहेर हुने कुरा पनि होइन आफसेआफ जन्मदै हुर्कदै जाने परिस्थितिहरु हुन्। यसलाई जिवसंग हुत्याउदै लैजादा भागवण्डा गरे जस्तो कसैलाई शुख कसैलाई दुःख पर्नजान्छ भाग्यमा ।अनि व्यर्थै दोष्न पुग्छौ कर्मलाई र ठोक्न थाल्छौं पुरपुरोलाई ।पर्नेलाई पनि विधाताले त्यस्तै पारिदिए जस्तो महसूस भइदिन्छ ।किनकि कसैलाई वाचुञ्जेल सुखै सुख कसैलाई दुःखै दुःख पक्षपात गरे जस्तो देखिन थाल्छ ।
यसो हुनुमा समय परिस्थितिको पनि खेल हुन सक्छ । उदाहरणको लागि पहिले सुख पाउने कोहि पछि गएर दुख पनि पाएका छन् भने दुखी मान्छे पनि सुखी भएको हाम्रै आंखाले देखेका छौं । भाग्लाई दोष्नुमात्र पनि गलत हो किनकि अन्य वस्तु परिस्थितिको पनि प्रत्यक्ष असर त छ नै। जो भोगाइमा गौण रहन्छ । त्यसलाई दोषको रुपमा लिदैनौं। साचै भन्नेहो भने जिवन पाएर पनि केही नपाए जस्तो भान हुन्छ । यो संसारमा हरेक कुरा छ तर त्यो आफ्नो वसमा छैन केवल मात्रै छ भन्नु,सुन्नु र देख्नुमा सायद त्यसैले होला आज भोलि मलाई के लाग्छ भने एक मनले जिवन वुझ्नु भन्दा नवुझेकै राम्रो जस्तो । यहां जिवन वुझ्नुले हरेक झंझछ ,मोहर्,इष्र्या,प्रेम,द्धेष,लोभ लालच आदि कुराहरु निर्वाधरुपले निम्त्याएकोछ । यस्तोपनि लाग्छ जिवन नवुझिएको भए कति आनन्द होला भनेर । संसंसारमा देखिने भोगिने कुराको चासोमात्र होइन महत्व समेत हुन्नथ्यो होला । मात्रै जिवन जिवन जस्तै हुन्थ्यो। लाग्छ वुझ्नेको मात्र जिवन नभएर नवुझ्नेको पनि वास्तवमा जिवन जिवन नै हो । मात्र फरक वुझ्नु र नवुझ्नु मा छ ।

No comments:
Post a Comment