छोडी जाने

---------------------------------------- अन्य गजलहरुमुख्य पृष्ठ जान
-
छोडी जाने मान्छेले इमान छोडी गए
जीन्दगीमा अव कस्को लिउ भर

आफ्नो भन्ने सवै यहा पराइ सरी भए
साथ दिने यहा को नै पो छ र

खुशी भन्दा आफन्तले चोट धेरै दिए
त्यसैले त आफ्नो कै लाग्छ डर

हासी दिने मान्छे रुदा टाढा हुदै गए
नजिकिन खोज्दा यहा वन्नु प-यो पर

जाली मान्छेको जालझेल मै दर्वार वने
दुखियाको यहा छैन एउटा लुक्ने घर
-
----------------------------------------
अन्य गजलहरुमुख्य पृष्ठ जान

No comments: