---------------------------------------- अन्य गजलहरु । मुख्य पृष्ठ जान
-
हेर्दा केहि देखिदैन खुल्ला छ आकास
अनायासै वाध्यताको ढुङ्गा खस्न पो के वेर
नाता गास्छन् सवले मैले पनि गासे
त्यहि नाता नै पासो भै वस्न पो के वेर
नजरले देखिदैन हृदयमा छाम्न सकिदैन
जाली मान्छेले गोमन झै डस्न पो के वेर
अलिकति हात दिए औलै निल्न खोज्छन्
वुइ चढ्न दिए मान्छेले टाउकै चढ्न पो के वेर
होईन्जेल सवै मान्छे पछि पछि लाग्छन्
नभए पछि त्यहि मान्छेले मोसो घस्न पो के वेर
-
---------------------------------------- अन्य गजलहरु । मुख्य पृष्ठ जान
Tuesday, February 6, 2007
हेर्दा केहि
Posted by tanka at 7:30 PM
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment