किन होला

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
किन होला रुनु पर्ने दुःख पर्दा आशुसँग
किन होला दुख्नु पर्ने चोट सही मुटुसँग !


दुनिँयामा रीत भन्छन् ब्यथालाई पिउन
फेरि यहाँ दोहोरिन्छ त्यस्तै रात जिउन !

किन होला मात्नु पर्ने पिउनु पर्दा नशासँग
किन होला बाच्नु पर्ने बाचा गर्दै आशासँग !

सागरमा छाल बढ्छन् किनारालाई छुन
मन त्यसै चल्बलाउछ फेरि दुःखी हुन !
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: