सोधेकोछ

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
सोधेकोछ भनिदिनु, कसम तोडी जानेलाई
सम्झेकोछ भनिदिनु, माया गाँसी बिर्सनेलाई

दुई दिनको जीन्दगानी केही छैन मरेर लाने
सुख-दुख बाचेकै छ भन्नु उसले सोध्यो भने
खोजेकोछ भनिदिनु बाचा गरी टाढीनेलाई
सम्झेकोछ भनिदिनु माया गाँसी बिर्सनेलाई

केही छैन लिनेदिने केही छैन यहाँ पाउने
जसोतसो जिएकै छ भन्नु उसले खोज्यो भने
हाँसेकोछ भनिदिनु पराई ठानी तर्सनेलाई
सम्झेकोछ भनिदिनु माया गाँसी बिर्सनेलाई !
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: