हङकङमा नेपालीहरुको वसाइ एक दशक ननाघ्दै यहाँ बसोबास गर्ने नेपाली सर्जक,स्रष्टाहरुले गीत-संगीत ,गायन र साहित्य सिर्जनामा मात्र नभएर र्सवाङ्गीण क्षेत्रमा उल्लेखनीय रुपले योगदान दिदै आएकाछन् प्रवासमा रहेर पनि । त्यसमा पनि गीत-संगीत तथा साहित्यको क्षेत्रमा बढी क्रियाशीलता पाइएको छ । यिनै प्रमुख कारणहरुले गर्दा पनि यो क्षेत्रमा जुर्मुराएर लागी परेका सहजै थाहा पाउन सकिन्छ हङकङमा स्रष्टाहरु । महिनै पिच्छे नेपाली गीतसंगीतको कार्यक्रम आयोजना हुनु त्यस कै प्रतिफल हो । यहाँ नेपाली गीत-संगीतको लागि चाहिने आवश्यक सामङ्ग्रीहरुको अभाव रहे तापनि त्यसको वावजूद हरेक तीन महिनामा एउटा नेपाली गीतिसंग्रह निस्कने गरेको पाएको छु । त्यसैले मैले यो क्षेत्रलाई उल्लेखनीय योगदान भएको भनेर किटान गरेको हुँ । त्यसमा नेपाली विभिन्न भाषाभाषीहरुको गीत-संगीत पनि दिन-प्रतिदिन प्रकाशनमा आइरहेका छन् । हालसालै लिम्वूहरुको महान चाड चोसोक तङनामको सुअवसरमा वरिष्ठ संगीतकार तथा गायक दिनेश सुव्वाको वाहुलीवाट गायक शुसन साम्सोहाङको लिम्वूभाषाको गीतिसंग्रह ‘माराम’को विमोचन भएको थियो । उक्त संग्रह बजारमा नपुग्दै उपहार स्वरुप हात पारेँ गायिका रोसा लिम्वूबाट । संयोग नै भन्नु पर्यो, सोही गीतिसंग्रह पुन संगीतकार दिनेश सुव्वाको हातवाट पनि पाउनु । एउटै गीतिसंग्रह र्दुइ भिन्नै व्यक्तिबाट उपहार पाउनु मेरोलागि कम्ति खुसीको कुरा भएन ! गीत-संगीतको लागि सधै मरिहत्ते गर्ने मान्छे भएकोले ‘माराम’ संग्रहलाई नसुन्ने कुरै भएन । म आफै गीत गाउन र संगीत सिर्जना गर्न सक्दिन र पनि यो क्षेत्रमा केही अगाडिदेखि गाँसिदै आएको छु र्दुइचारवटा गीतहरु लेखिटोपलेर । त्यसैले नया गीत-संगीत सुन्नको लागि सधै आकषिर्त हुने गर्छु ।
आज म मात्र नभएर कैयौँ लिम्वूभाषी गीत-संगीतका श्रोताहरुकालागि पनि आकर्षा को केन्द्रविन्दू बनेको छ कर्णप्रिय स्वरका धनी शुसन साम्सोहाङको गीतिसंग्रह ‘माराम’ । किनभने यो संग्रहमा सुनौँ-सुनौँ लाग्ने स्वरहरुको बेजोड प्रस्तुति हुनु नै यसको प्रमुख कारण हो । संग्रहको युगल स्वरमा साथ दिने महिला गायिकाहरुमा मञ्जु सम्वाहाम्फे, रोसा लिम्वू, मुना लिम्वू र मनु नेम्वाङ्गको कर्णप्रिय आवाज त्यत्तिकै मनमोहक छन् । म आफै पनि लिम्वूभाषी श्रोता भएर पनि होला, अनेकौँ तवरले दोहोर्याई तेहर्याई सुन्न यहाँ रहेका गीतहरुले वाध्य गरायो । ‘माराम’ गीतिसंग्रहलाई सुनिसकेपछि किन किन स्वस्फुर्तः त्यहाँ सजिएका गीत, संगीत र स्वरले कलम चलाउन उद्यत गरायो । तर्सथ म एउटा श्रोताको हैसियतले जे सुनेँ त्यही मेरो सुनाइलाई लिपिवद्घ गर्न तम्सिरहेछु । मेरो सुन्नु सम्पूर्णका अथवा सबैको नहुन सक्छ, किनभने हरेक मान्छेको सुन्ने काइदाहरु आ-आफ्नै हुने भएकोले व्यक्तिगत दृष्टिकोण मात्र भन्न चाहान्छु । म आफै लिम्वू भएर पनि होला, यो संग्रह सुन्नको लागि त्यस्तो कठिनाई व्यहोर्नु परेन । कारण के भने, यहाँ संयोजन गरिएका गीतका शव्दहरु अति सरल र सरस रहनु हो । जे होस् गायक शुसन साम्सोहाङ साथै युगल गायिकाहरुको आवाजले अन्तरसम्वेदनालाई मजै सुम्सुम्याएको आभास हुन्छ । ‘माराम’ गीतिसंग्रहलाई मैले महत्व दिएर हेर्नुको अर्को कारण के हो भने, कतिपय गायक र गीतकारहरु हङकङमै वसोवास गर्ने स्रष्टाहरु हुनु पनि हो । यो संग्रहमा कूल आठ गीतहरु संग्रहित छन् । गीत रचनातर्फ क्रमश भूपेन्द्र चम्जोङ्ग मुक्कुम, नन्द चङसु, यासेलिङ योङयाङ, शुसन साम्सोहाङ र वन्दराज योङयाङ आदिको छ भने, संगीततर्फ अशोक र्राई, रोसा लिम्वू, हेमन्त योङयाङ र शुसन साम्सोहाङको रहेकोछ । गायक शुसन साम्सोहाङको एकल गीतिसंग्रह भएर पनि एउटा गीतमा स्वर र संगीत गायिका रोसा लिम्वूले दिएकी छिन् । ‘माराम’ गीतिसंग्रहका सम्पूर्ण गीतहरुका भाव पक्षलाई यहाँ उतारौँ भने यो लेख लम्विने भएकोले छोटकरी मलाई लागेका कुरा प्रस्तुत गर्न चाहान्छु ।
पहिलो गीत ‘र्सला सर’मा प्रेम स्वतन्त्रताको कुरालाई दोहोरी गायनमार्फत लिम्वूहरुले गाउने प्रचलित गायन ख्यालीको लोकलयमा मनै छुने गरी प्रस्तुत गरिएको छ । दोस्रो ‘किराती सासे’ भन्ने बोलको गीतमा च्याब्रुङको मीठो भाका समायोजन गरेर विदेसिनुको पीडा र गाउँघरमा सवै विदेसिएपछि मर्दा-पर्दासमेत मलामीको अभाव भएको कुरा साथै आफ्नो ठाउँ छाडेर विदेशमा नजान र नबस्न मार्मीक तरिकाले व्यक्त गरिएको छ । त्यसैगरी, ‘तुम्याहाङ’, ‘सुरीतिन सुरे’, ‘थेगुइत्थेक’, ‘माकाशे’, ‘सुरु आङ सुरु’, ‘आत्तिवाई’ आदि गीतहरुमा गाउँघरलाई सम्झाउने,मेलापातमा हिड्दाको क्षण, प्रेमीकासंग मेला बजारमा भेटेर माया साटासाट गरेको साथै सुख-दुखमा जिईएका पलहरुको आभास मनग्गे दिन्छ । गायक शुसन साम्सोहाङले ‘माराम’ गीति संग्रहमा लिम्वूभाषा प्रतिको लगाव र कुशलता प्रदर्शन गरेकाछन् र युगलमा साथ दिने गायिकाहरुले पनि आफ्नो स्वर तिखारेर क्षमता मजैले देखाएका छन् । गीत सुन्दा कसैले कुनै गीतमा अन्याय गरे जस्तो लाग्दैन र गरेका पनि छैनन् । सायद त्यसै कारणले हुनुपर्छ मैले ‘माराम’मा संग्रहित गीतहरुलाई दोहोर्याउदै सुनेको । लिम्वूभाषाको गीत-संगीतप्रेमीलाई यो संग्रहले राहत मात्र नभएर रोमाञ्चित नै तुल्याउने छ । त्यति मात्र नभएर यस संग्रहमा रहेका संगीत पक्षले गैरलिम्वू भाषी समेतलाई प्रभावित र आकषिर्त तुल्याउँछ । संगीत भनेको त्यस्तो एउटा भाषा हो जो विश्वका जुनसुकै भाषीले समेत सहजै बुझदछन् । त्यसैले संगीतलाई विश्व भाषा भने पनि हुन्छ, मात्र सुनेर बुझ्ने साथै आनन्द लिने तरिका आ-आफ्नो हुन्छ । मुलत गायक शुसन साम्सोहाङको स्वरमा विविधता पाइन्छ । गीत रचनालाई केलाएर हेर्ने हो भने गीतकारहरुले गीत निर्माण गर्न पसिना निक्कै पोखाएको थाहा लाग्छ । गीत संगीत र स्वर सवल भएकाले गीत सुन्दा कुनै पनि फरवार्ड गरी हालूँ जस्तो लाग्दैन, बरु दोहोर्याउन मन लाग्छ । ‘माराम’ गीति संग्रहको आवरण पनि आकर्ष छ । त्यसैले संगीत प्रेमीहरु यो देखेर पनि संग्रह लिन प्रति ललायित हुन्छन् । गायक शुसन साम्सोहाङको ‘माराम’ संग्रह गीत संगीत र स्वरको त्रिवेणी हुन पुगेको छ । लिम्वू भाषाको गीत-संगीत क्षेत्रमा माराम संग्रहलाई कोशेढुङ्गाको रुपमा लिन सकिन्छ । यिनै प्रमुख कारणहरुले गर्दा यो संग्रह संग्रहणीय र श्रवणीय छ लिम्वू दाजुभाई तथा दिदीबहिनीहरुका लागि । त्यसैले आफ्नो प्रति चाडै सुरक्षित गर्ने हो कि ?

No comments:
Post a Comment