विचार भन्नाले साधारण रुपले परिभाषित गर्ने हो भने मनन चिन्तन अथवा सोच नै हो । अव यसलाई समालोचकीय दृष्टिकोणले विश्लेषण गर्ने हो भने यसका अनगिन्ति अर्थहरु लाग्न सक्छन् तर विचारलाई म आफ्नै साधारण वा विचारको रुपमा प्रस्तुत गर्न लागिरहेको छु । दिन प्रतिदिन भावनामा टुसाएका कलिला विचारहरुलाई सुनियोजित विचारमा वा पूर्णकालीन रुपमा बाचिरहोस्,उभिरहोस् भन्ने चिन्तन सदैव गरिरहन्छु । अन्तत त्यो विचार वन्न नपाई फोस्रो सोच भएर जान्छ , मिथ्या कल्पना वनेर गुज्रन्छ । मानौ फोस्रिएको धान जस्तै दाईंमा नाङलोले हम्काउदा स्वत उडीजाने भूस जस्तै हुन्छ । तर पनि कुनै दिन यसले एउटा स्वरुप लिन्छ नै भनेर विचार प्रति अझ आकषिर्त वन्छु अनि समाहित हुन्छु । जस्तो सुकै साधारण किन नहोस् कटिवद्ध वन्छु अनि विचारलाई उचालेर शिरमाथि उभ्याउन खोज्छु तैपनि हृदयको कुनै कुनामा हीनता वोध पलाई रहन्छ । किनकि म जस्तो र्सवसाधारणको विचार कस्ले अनुसरण गर्ला भनेर । फेरि अर्को दिन नयां नया वनेर उदाउछ ती दिनहरु संग नुतन विचारहरु जन्मन्छन् हुर्कन्छन् अलौकिक वनेर स्पर्श गर्छन अनि मनहरु त्यसै त्यसै झंक्रित हुन्छन् तव आत्मा विश्वासले आकाश छुन खोज्छ । आखिर त्यो मलाई मात्र हुन्छ कि अरु सवैलाई पनि हुन्छ भन्ने जान्नको लागि एक दिन मेरो घनिष्ट मित्रलाई खानपीनको व्यवस्था गरी छलफल गर्ने विचार गरे । सोही वमोजिम एकदिन मित्रलाई गफसफ गर्ने निवेदन पेश गरे वहा”ले पनि मेरो निमन्त्रणा स्वीकार गरेर घर दलान मै उपस्थित हुनु भयो । खानपीन भए पश्चात यो विचारका विचारणीय पक्ष वा विचारणीय विषय वस्तु पस्कने कि नपस्कने द्धिविधामा परे । किनकि पाहुना डाकेर उसलाई थाहा नभएका कुरा एक्कासी लाद्दा उ मवाट नराम्रो पनि हुन सक्छ भनेर मैले उक्त विषय वहां माथि खन्याउन सकिन । तर अचानक पाहुनावाट नै नौलो विचार सम्वन्धिको वीजारोपण भए पछि मलाई अजिंगरको आहारा दैवले जुराउछ भने झै भयो । आफुले जानेको र सोचेको विषयलाई तेर्स्याउन पाइने भइयो । नभन्दै मेरो वोल्ने पालो आएपछि विचार भनेको के हो त - भनेर सोध्ने मौका उम्काइन । जस्ले उसलाई निधार खुम्च्याउन वाध्य गरायो । केही क्षण पश्चात उसको मुहारमा एक्कासी रोशनी छाएर आयो । शूरुमा मलाई निक्कै आतेस लागेको थियो तर उस्को मुहार चम्किलो भएर आए पछि पाहुना वोलाउनुको फाइदालाई सम्भिmन पुगे । विचारको परिभाषावाट उसले शुरु गरेको रामकहानी अन्तमा फाइदा वेफाइदासम्मको कुरा निस्केर छाड्यो । यति कुरा मलाई थाहा भयो कि विचार ठूलो होस् वा सानो होस त्यो वास्तवमा महान् हुन्छ । त्यसपछि म विचार कै विषयलाई वहस वनाएर म निक्कै हुर्रिएर भौतारए । किनकि विचारश्रोतले सर्वसाधारण मान्छे भए पनि मार्क्स ,लेलिन अथवा प्रकाण्ड विद्धानहरुसंग तुलनीय हुन पाइने भो भनेर यर्सथ कि तिनीहरु पनि कुनै वेला हामी जस्तै र्सवसाधारण नै थिए । यसरी महत्वकांक्षा पाल्ने काम त भयो तर कस्तो विचार प्रभाह गर्ने वा सम्प्रेषण गर्ने कुरा चाहि” फसादीमा पर्यो । महत्वकांक्षाको पछाडि ठूला पहिरो देखा पर्यो । आफैमा केही विचार नआउने पनि होइन तर त्यो महान् व्यक्तिहरुको विचारसंग सम्वन्धित के कति छ अथवा कस्तो हुनु पर्दछ भन्ने कुरा त जान्नै पर्यो । त्यसैले पुस्तकालय धाउने विचार गरें । यसैको सिलसिलामा विभिन्न विचार र चिन्तनका कितावहरुमा आंखा डुलाउन थाले । आंखावाट जव मैले मस्तिष्कमा पढेका कुराहरु फिजाउन थाले तव ती व्यक्तिहरुको विचार,मनन,चिन्तनमा मेल भए पनि ब”ाकी सवै कुरा वेमेल भएकोले असहमत हुन पुगे । अव आफै विचार गर्नुहोस् न हामी सवै एक प्रकारले र धेरै जसो गाउंले जीवनवाट उठेका हुनाले पहिलो विचार के हुन्छ होला । व्यवहारलाई सपार्न श्री सम्पति जोड्न र साधारण एशियाली मापदण्ड को जीवन यापन गर्न पाए हुन्थ्यो भन्ने हो । वैज्ञानिकहरुको विचारहरु,आविष्कारहरु समय समयमा धेरथोर तपाईहरुले अध्ययन गर्नु भएकै होला । उनीहरु भन्छन् माथि आकाशमा वस्न पाए हुन्थ्यो ताराहरुसैगै खेल्न पाए हुन्थ्यो भन्ने । कहांको आकाशको कुरा कहांको साधारण घर व्यावहारको कुरा अन्तराल भन्नु नै यही हो ।अचानाक हि”ड्दा हि”ड्दै दोवाटोमा अर्का परिचित मित्रसंग जम्का भेट भयो । वहांसंग सन्चो विसन्चोको कोसेली आदान प्रदान गर्दा गर्दै विचारकै कुरा हुन थाल्यो । उहां भन्नुहुन्छ विचार सुनियोजित हुनु पर्छ , जसले आजका भ्रष्ट विचारहरुलाई परास्त गर्नु पर्छ र नौलो समाज निर्माण गर्नको लागि जोसिला कदमहरु चाल्नु पर्छ । जहां हामी सुरक्षित हुन्छौ. र धरती जगमगाउछ, हो त्यस्तो विचारको अवधारणा लिनुपर्छ भन्दै उ आफ्ना काम काज तिर मोडियो । म साथीको शव्दहरु केलाउदै त्यसलाई समाजमा कसरी लगानी गर्ने त भन्दै विचारमग्न भए । कहिले काही” सोच्छु त्यस्तो फोस्रो विचार त हाम्रा देशका महान नेताहरुले अशिक्षित समाजमा वकी रहेकाछन् । लाग्छ यस्तै विचारले नै होला हाम्रो देश र समाजले दुर्गति ब्यहोरीरहेको नत्र भने र्सुइजरल्याण्ड फोटोकपी देश नेपालले किन सोमालियाको दुख वेहार्नु परिरहेछ । यी सारा कुरा सोच्दा सोच्दै कहिले पागल त भैसकेको छुइन भनेर आफैलाई शंका गर्छु । एकताका कुरौटे दार्शनिक सुकरातलाई पनि मानिसहरुले पागलको पगरी ओढाएका थिए तर उनले सत्य प्रति गरेको वकालत आजको आधुनिक भन्दा उत्तरआधुनिक युगले सहजै स्वीकार्दछ । त्यसैले सुकरात विचारहरु आजसम्म अस्तित्व रहेकाछन् । हो म पनि त्यस्तै ठान्छु विचार सत्य,अजर,अम्मर साश्वत र सर्वाङगीण हुनु पर्दछ । यदि त्यसो भएन भने आदीम नै ठहरीने छौ । अव विचारणीय पक्ष के छ भने दुरदर्शिताको हिसावले मान्छेमा प्रत्यारोपण गरिने जुन सङलो विचारहरु छन् ती भ्रममा रोपिनु हुन्न । समाजमा यसरी विश्लेष्ण हुनु पर्यो कि आजसम्म पछाएर हि”डेका वाटाहरु कुनै न कुनै विचारवाटै प्रेरित छन् ,प्रेरित हुनु पर्दछ । विचार एउटा पथ न हो जहा” हामी हिडिरहेका हुन्छौं । पछ्याइ रहेका हुन्छौं । विचारमा श्रृजना पक्ष हुन्छ त्यसैले त रमणीय संसारको आभा हेर्न पाउछौं । तर विचारमा सृजना मात्रै हुन्छ भन्न नमिल्ने रहेछ किन कि विचारले आघात पनि जन्माएको छ । पहिलो र दोश्रो युद्ध गराएको छ, मृत्यु फैलाएको छ व्युझाएको छ । यी हुन् विचारको दुर्घटना वा विचारको दुर्गति जसले निर्दोष मान्छेको जीवन हरण गरीदिन्छ । समयको कालचक्रले निम्त्याएको भयानक पलहरु हुन् । प्रकृतिसंग जति नै जुझ्न खोजे पनि आखिर त्यो अपार हुन्छ चाहेमा उसले नियंत्रणमा लिएरै छाड्छ । विचारहरुको बेमेल यस्तै कालो क्षणहरु निम्त्याउछ । आजै हामी त्यस्ता सानातिना युद्धहरु व्यहोरी रहेकाछौं, देखिरहेका छौ । ती सारा विचारहरुको रंग नमिल्नु हो । वास्तवमा विचारले नै युद्ध र शान्तिको दुइ पाटा वोकेको हुन्छ । अव हामीले लिनु पर्ने विचार चाहि” के हो भने जहां सदैव शान्ति स्थापना गरिराख्ने हो भने विध्वंसका पक्षहरु कहिल्यै निम्त्याउन हुन्न । विचारहरु यही पक्षमा हातेमालो भइदियो भने दुर्गतिलाई सहजै परास्त गर्न सकिन्छ । र त्यो नौलो समाजले सहजै स्विकार गर्दछ । जहां अरुलाई वजार्ने मात्र होइन खुड्किला पनि चढाउदै लाने सहयोगी विचार पनि बाच्नु पर्छ । मैले मान्छेहरुको हृदय पुस्तकालयवाट, विचार पुस्तकालयवाट पल्टाउन खोजेको पाना पनि यही हो । मैले तपाईहरुको समक्ष सगरमाथा झैं उभाउन खोजेको मेरो महान विचार पनि त्यही हो ।
No comments:
Post a Comment