एकांकी नाटक

___________________ आपसी सहयोग___________________
_________________________________________________________
हङकङको रमणिय स्थल युनलङ जिल्लाको अठार नम्वर मिनिवस पार्क जसको वरीपरी हङकङ भूमिलाई प्रयोग गर्दै वस्ने नेपालीहरु र त्यसको कोलाहलमा रुमल्लिएर वसेका भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरु अठार नम्वर मिनिवस पार्कको निकटमा रहेको चौतारमा प्राय दुखसुखका कुराहरु गर्दै समय विताउने गर्छन् । विहान सवेरै किन हो कुन्नी केहि आतेसीए झै एकजना मामा - हङकङको वालीचालीमा भू.पू सैनिक वर्गलाई सम्वोधन गर्ने साइनो नजिकैको टेलिफोन वुथमा उभेर सहचारी साथीहरुलाई टेलिफोन गर्न थाल्छ ।
_____________________________________
__ मित्रलाल
- “टेलिफोन डायल गर्दै ” हेल्लो ! त्यहा ८६ हुनुहुन्छ ?ए ८६ हो ?
८६ भन्नाले सैनिक जिवनको आफ्नो नम्वर ” फुर्सद भए एकछिन यसो अठारको चौतारीमा गफगाफ गर्न आउनुहोस् न । र ८५ लाई पनि फोन गरेर यता आउन भन्नुहोला है ? “भन्दै टेलिफोनको रिसीभर राख्छ र पुन डायरी खोतल्दै अर्को नम्वरीलाई वोल्न मित्रलाल टेलिफोन डायल गर्न थाल्छ “
__ मित्रलाल - हेल्लो ! त्यहा ८७ हुनुहुन्छ ? “अर्कै मान्छेले फोन उठाएको थाहा पाए पछि आग्रह गर्दै ” वहालाई एकै छिन् पाउन ?
केहि क्षण पछि नम्वरीले फोन उठाएको थाहा पाए पछि ” हेल्लो ८७ हो ? “८७ को आवाज सुने पछि ” नम्वरी एकैछिन् अठारको चौतारीमा गफसफ गर्न आउनु पर्यो । मैले ८५ र ८६ लाई पनि खवर गरेको छु । आउनुहास् है । “टेलिफोनको रिसीभर राख्छ “
______________________________________
सैनिकमा भर्ती हुदाको नम्वर ८८ हो मित्रलालको क्रमश ८७ शुक्रवहादुर,८६ विजयराज,र ८५ दान सिंह सहित चारजना एकै प्लाटुनका नम्वरीहरु हुन् । सैनिक जागीरवाट अवकाश लिए पछि पनि उनीहरु हंगकंग आई.डि.कार्ड होल्डरको नाताले यो ठाउमा उनीहरुको भेटघाट पहिलेको जस्तै वारम्वार भेट्ने कार्य भैरहन्छ । र पल्टनमा रहदा वस्दा पनि उनीहरु एकार्कामा हितैसी मित्रहरु नै हुन् । मित्रलाल नम्वरीहरुको पर्खाईमा टुसुक्क चौतारी कै छेउमा रहेको रुखको सयल मुनि वसाल्छ । उसको आखाले वरीपरी वसी रहेका चाइनिज वुढावुढी र नेपाली भान्जाभान्जीहरुलाई स्केनिङ्ग गर्छ । केहि क्षण नवित्दै नम्वरीहरु तिन तिरवाट चौतारीमा प्रवेश हुन्छन् । ८८ अथवा मित्रलाल ८५,८६ र ८७ लाई क्रमश मृदुमुस्कानले स्वागत गर्दै सवैलाई आसन गर्न आग्रह गर्छ । “
________________________________
__ मित्रलाल
- वसौ वसौ नम्वरीहरु म वियर लिएर आउछु है । “
भन्दै दोकान तिर हानियो, विहानीको घाम ताप्दै अरु नम्वरीहरु एकार्कामा भलाकुसारी गर्न थाल्छन् । “
__ विजयराज - “अलि अनौठो भाव प्रकट गर्दै ” हैन आज ८८ लाइ के भयो ? यसरी एकाविहानै कहिल्यै फोन गर्दैनथ्यो ?
__ शुक्रवहादुर - “अलि अकमकिए झै गरेर ” खै , कुन्नी के भयो ?
__ दानसिं - अव वुढेसकाल लाग्यो निंद्राले छोड्यो होला नी ?
“आफ्नै नम्वर मित्रलालको विषयमा लख काट्दै वसेका नम्वरीहरुको समुहमा वियरको पोको लिएर ८८ ले प्रवेश गर्छ । सवैलाइ एक एक ओटा वियर थमाउछ । “
__ मित्रलाल - “आफ्नो हातमा भएको वियरको क्यान खाल्दै ” नम्वरीहरुलाइ एकाविहानै यो ८८ लो किन वोलायो होला भनेर अचम्म नमान्नुहोला । एउटा फसादी आइलाग्यो त्यसैले यसो सल्लाह पाइन्छ कि भनेर वोलाएको ?
मित्रलालको कुरा सुनेर एकछिन सवै अकमकिए अनि सवैले उ तिर ध्यान केन्द्रित गरे । “
__ शुक्रवहादुर - “छत्रेटोपी अलि अलि मिलाउदै ” अनि चाइने के भयो त नम्वरी हामीले पनि सुनी हेरौ । हाम्रो उपायले भ्याइन्जेल हामी सघाउन तयार छौ नि ?
__ दानसिं - “जुगा मुसार्दै ” हो नम्वरी त्यसको लागि डराउनु पर्दैन हामी सघाउन तयार छौ ।
__ विजयराज - “सहमति जनाउदै ” ठिकै हो समस्या के हो वुझौ न त ?
__ मित्रलाल - “अलि अप्ठ्यारो माने झै गरेर ” खै के भनौ ढुंगा टिपी के हानौ भै रा छ मलाइ ।
__ शुक्रवहादुर - हैन नम्वरी चाइने अलि खुलस्त कुरा गर्नुहोस्। हामीले समास्या वुझेर पो सहयोग गर्ने कुरा आयो त ?
__ दानसिं - ” समझदारी कायम गरे झै गरेर " मित्रलाल नम्वरीलाइ आइपरेको समस्या नै हामी सवैलाइ परेको समस्या वरावर हो । त्यसैले यो दानसिंले आज सम्म सहयोग नगरेको काहा छ र ?
__ विजयराज - “अलि गम्भिर हरदै अनुरोधात्मक शव्दमा ” के भयो त भन्नुहोस् न त ?
“मित्रलाल आफ्नो नम्वरीहरुको सोधाइले अवाक हुन्छ । भनौ कि नभनौ हुन्छ तर सवैलाइ वोलाइ सके पछि नभनी पनि भएन । त्यसैले हातमा भएको वियर एकै सासमा रित्याएर अनुहार विगार्दै वोल्न थाल्यो । “
__ मित्रलाल - हेर्नुहोस नम्वरीहरुलाइ के ढाट्नु मलाइ आइपरेको कुरा । हिजै मात्र एक महिना भित्र हंगकंग छोड्न अध्यागमन विभागले पूर्जी पठाइ सक्यो ।
“मित्रलालको कुरा सुनेर सवै अचम्भित भए । किनकी यो भन्दा अगाडी उसको कुनै मुद्दा थिएन अध्यागमन विभागमा । “
__ दानसिं- हैन कसरी यस्तो भयो नम्वरी ?
शुक्रवहादुर - होइन नम्वरी चाइने यसो त नहुनु पर्ने किनकी हामी पनि तपाइ जस्तै नै हो ।
__ विजयराज - ” अलि जंगीदै ” कसैको खेल हुनु पर्छ नत्रभने काहा यस्तो हुन्छ । थाहै नपाइ देश छोड्ने पूर्जी कुन देशको सरकारले दिन्छ ?
__ मित्रलाल - अव त्यस्तै भयो नम्वरीहरु के गर्ने होला ?
__ दानसिं - ” शंका व्यक्त गर्दै ” त्यो पूर्जी त्यति कै एक्कासी आएको होइन । यसको कुनै कारण हुनुपर्छ ।
__ शुक्रवहादुर - ” दानसिंको कुरा माथि सहमति जनाउदै ” हो चाइने पक्कै एउटा कारण हुनुपर्छ ?
__ मित्रलाल - खै के कारण वताइ राख्नु तपाइहरुलाइ हुने कुरा सवै त भइसक्यो ।
__ विजयराज - ” सम्झाए जस्तै गरेर ” त्यसो नभन्नुस् न नम्वरी कारण भन्नुभयो भने हामीलाइ वुझ्ने अवसर मिल्छ । अनि त्यसको लागि हामी केहि उपाय सोच्छौ। जानकारी दिनु भएन भने त हामीले कसरी थाहा पाउने ?
__ दानसिं - हो नम्वरी कानुनीरुपमा लड्न मिल्यो भने हामी त्यसको लागि पहल गच्छौ ।
__ शुक्रवहादुर -” मित्रलाललाइ देखाउदै ” नम्वरीले कारण नै वताउन चाहानु हुन्न । सारा कुरा थाहा पाए पो विरामीलाइ दवाइ ख्वाएर निको पार्नु।
मित्रलालले आन्तरीक कुरा नम्वरीहरुलाइ भनौ कि नभनौ लाग्दा लाग्दै पीर पोख्न थाल्यो । “
__ मित्रलाल - ल सुन्नुहोस् मेरो राम काहानी हुने कुरा सवै भैसक्यो के लुकाइ राख्नु ?
__ दानसिं - “विचैमा प्वाक्क वोल्छ ” ल ल भन्नुहोस् सुनौ । अरुले पनि दानसिंको वाली माथि वोली खापे ।
__ मित्रलाल - हेर्नुहोस छोरी वेपत्ता भएको ६ महिना भयो । ज्वाइ संग अलि अलि ठाकठुक परेको थियो । अहिले सम्म केहि थाहा छैन काहा छे केगर्छे थाहा छैन । ज्वाइको र मेरो भिस्सा थप्नु पर्ने त्यो पनि एक महिना वितिसक्यो । त्यसैले पूर्जी आएको होला मलाइ वडो आपत्ती आइपर्यो सहयोग गर्नुपर्यो ।
__ शुक्रवहादुर - अनि चाइने कुरो त वुझियो तर यस्तो कार्य कसरी भयो ?
__ विजयराज - ” आश्चार्य व्यक्त गर्दै ” हैन त्यसरी छारीले ज्वाइलाइ छोडेर कहि जानु नपर्ने ? फेरि नम्वरीको कुरा सुन्दा साचो लाग्छ ।
__ दानसिं- ” शंका व्यक्त गर्दै ” यसो हुनुमा ज्वाइको पनि ठुलै गल्ति हुनुपर्छ नत्र भने छोरीलेयसरी घर त्याग गरेर हिड्नु पर्ने कारणै हुन्न । किनभने उनीहरुलाइ पनि घरव्यावहार भन्ने कुरो थाहा हुन्छ ।
__ मित्रलाल -” अन्कनिएर केस कन्याउदै ” खै ज्वाइको गलत भनौ कि छोरी को दुवै उस्तै छन् । मैले सम्झाएको कुरा नै सुन्दैनन् । ६ महिना अगाडी देखि नै सानोतिनो झगडा पर्दै आएको हो । घर झगडा भनेर सोचेको थिए तर भयो उल्टो।
__ शुक्रवहादुर - अनि खास परेको झगडा भने के हो ? विजयराज - स्थिती विचार गर्दा ठुलै झगडा जस्तो छ ?
__ दानसिं - ” अड्कल काट्दै ” हो सानोतिनो झगडा जस्तो छैन नम्वरीको कुरो सुन्दा किनभने यहा जीन्दगीको सवाल छ । ख्यालठट्टा अवश्य होइन ।
__ मित्रलाल - ” आफ्नो घरको भित्री कुरा खोल्न थाल्छ ” अव म सेक्युरीटीको जागीरे वाह्रै घण्टा वाहिरै हुन्छु त्यो त नम्वरीहरुलाइ पनि थाहा भएकै कुरा हो । छारीको मुखवाट सुनेअनुसार ज्वाइ नानी विदेशी केटी संग फस्या छ भन्थि मैले नदेखेको कुरा । त्यस कै देखासीखीको लागी छोरीले पनि अर्कै संग हिड्न थाली । झगडा नगर मिलेर वस भनेर कति सम्झाए सुने पो- यिनै कारणले गर्दा आज यस्तो भएको हो ।
__ शुक्रवहादुर - “च्याठीदै ” अनि चाइने यसो माया गर्दैमा घरवारै छोरीले नत्याग्नु पर्ने हो।
__ विजयराज - “सहमति जनाउदै ” हो नी यसो माया गर्दैमा यत्रो फाटो नहुनु पर्ने ?
__ दानसिं- ” अरु शंका उभ्याउदै ” हैन यो भन्दा पनि अरु जटिल समस्या आइपरेको हुनुपर्छ।
__ मित्रलाल - अरु के हुनु त्यै विदेशी केटीसंग घरको ओछ्यानमा सुतेको भेटिछे अनि के गर्नु ?
__ शक्रवहादुर - लौ चाइने ज्वाइले त वर्वादै गरेछन्। त्यसैले त छोरीले पनि त्यसो गर्नु विवश हुनु परेछ । अव जे हुने कुरा भै हाल्यो चिन्ता लिएर भएन । आफ्नो लागि आफैले वाटो रोज्नु पर्छ ।
__ विजयराज - कुरा सुनियोवुझियो पनि त्यसको लागि केहि छैन । भसकेको कुरा माथि पाश्चाताप लिएर पाइने होइन त्यसैले हंगकंग वस्नकोलागि भिस्सा प्रोसेसिड. गर्नुपर्छ।
__ दानसिं- मुद्दा अलि गाह्रो छ त्यसैले हामी आफैले गर्न सकिदैन त्यसैले वकिल पक्रिनु पर्छ ।
__ मित्रलाल - पूर्जी त आइसक्यो अव मुद्दा हाल्न मिल्छ र ?_- दानसिं- ” विचैमा कुरा काट्दै ” किन नमिल्नु मिल्छ चिन्ता नलिनुहोस् हामी सहयोग गर्र्छौ नी ।
__ शुक्रवहादुर - अनि चाइने नम्वरी संग मिल्दो खालको मेरो अर्को साथीको पनि मुद्दा परेको थियो । तर उसले हंगकंग वस्ने भिस्सा पाइसक्यो । नम्वरीको नहुने कुरै भएन वरु मुद्दा कसरी लड्ने भन्ने म सोधी दिन्छु हुन्न ?
__ विजयराज - हुन्छ त्यसै गरौ ।
__ मित्रलाल - हुन्छ र- त्यसो गर्नु ?
” सवैले हुन्छ भनेर स्वरमा स्वर मिलाए । केहि क्षण सवै हासोमा उडे। “
__ शुक्रवहादुर - खासमा चाइने त्यो मेरो साथीले भने वमोजिम हंगकंगमा ४ वर्ष वसेको हुनुपर्छ भनेको सुनेको थिए । र अलिकति लगानी गरेको पनि प्रमाण चाहिन्छ रे । त्यति भए पछि मुद्दा आफ्नै हातमा पर्छ रे ।
__ विजयराज - नम्वरी हंगकंग वसेको पनि ४ वर्ष वढी भैसक्यो त्यसको लागि फिकर छैन ।
__ दानसिं- त्यति मात्र नभएर आए देखिको पैशा , एम.पी.एफ.र जीवन वीमा पनि छदैछ । यता जागीर पनि छोडेको छैन ।
__ मित्रलाल -” अलि खुशी हुदै ” हैन त्यसरी मिल्छ भने म मुद्दा हाल्छु नी तर पैशाको खाचो पर्यो भने नम्वरीहरुले सहयो गर्नु पर्यो है ।
__ शुक्रवहादुर - ” फुइया लाउदै ” अनि चाइने नम्वरीको लागि जे सहयोग दिनुपरे पनि छदै छौ नी ।
__ दानसिं- त्यसको लागि चिन्ता लिनु पर्दैन यस्तो परेको वेला हामी नम्वरीले सहयोग गरेनौ भने हामी नम्वरी हुनुको अर्थ नै के रह्यो र ?
__ विजयराज - ल नम्वरी यो काम भोलि देखि नै काम सुरु गर्नु पर्छ ।
__ मित्रलाल - ठिकै छ नम्वरीहरुले पनि यत्रो सहयोग गर्छौ भनेर आट दिनु भयो त्यसको लागि म आभारी छु । म यो काम भोलि देखि नै सुरु गर्छु ।
__ शुक्रवहादुर - अव चाइने खाना खाने वेला पनि भयो । नम्वरीलाइ कुनै अपर्झ समस्या आइपरे फोन मै कुराकानी गरौला हुन्न ।
__ विजयराज - कुरा वुझिहाल्नु भो नम्वरीले हामीले सल्लाह वमोजिम कामकार्वाहि सुरु गर्नुहोस् ।
__ दानसिं- हो यसरी समस्या ल्याउनु भो र छलफल पनि भयो जसलेगर्दा समाधानको कुरा आयो । आपसी सहयोगको लागि हामी सवैले यसरी छलफल गरे पछि असम्भव कुरा पनि सम्भव भयो हैन त । सुटुक्कै पूर्जी लिएर नेपाल जानु भएको भए हामीलाइ दुख लाग्थ्यो। तर त्यसो गर्नुभएन धेरै राम्रो भो ।
__ मित्रलाल - “खुशी हुदै ” नम्वरीहरुको सल्लाह सुझावकोलागि आभारी छु । सवैलाइ धन्यवाद अरु सहयोगको आशा गर्छु। आजलाइ अवेर पनि भयो अरु कुरा फोन मै गरौला ।
______________________________
सवैलाइ पुरानै छड्के सलाम हान्यो । त्यस पछि सवै जना अठार नम्वर मिनीवस पार्कवाट जराक जुरुक्क उठे। सवै आआफ्नै घरतिर लम्किए । केहिक्षण मै त्यहा सुन्यता छायो । “
_______________________________________________________

No comments: