मनोभाव आधुनिक गीति संग्रहका गीतहरु

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
______गीतकार टंक सम्वाहाम्फे/संगीतकार दिनेश सुव्वा
_________________________________________________________
१ . जीवन के हो
स्वर - रामकृष्ण ढकाल

जीवन के हो भनी किन सोध्छौ मलाई
आफै भोगीरहेछौ जीवनलाई
जसले बुझेको छ बिश्वासलाई
परिभाषा त्यसैले जानेको हुन्छ जीउनलाई
--
खोजी हिड्छन् कति यहा जीवन पाउनलाई
रोजी हिड्छन् कति यहा गुलाव टिप्नलाई
तर फुलको काढा कस्लाई थाहा-
टिप्न खोज्दा घोच्छ यहा
--
प्रेम के हो भनी किन सोध्छौ मलाई
आफै खोजी रहेछौ सुवासलाई
जस्ले बुझेको छ भावनालाई
अङ्गालोमा त्यसैले पाएको हुन्छ प्रेमलाई
--
कल्पि हिड्छन् कति यहा माया पाउनलाई
तड्पी हिड्छन् कति यहा यौवन साट्नलाई
तर प्रीतको घाउ कस्लाई थाहा-
सम्झि ल्याउदा दुख्छ यहा
--
दुख के हो भनी किन सोध्छौ मलाई
आफै कुल्चि रहेछौ वेदनालाई
जस्ले टारेको छ अभावलाई
यथार्थमा त्यसैले पाएको हुन्छ जीवनलाई
__
२. लाज लाग्छ
स्वर - सुक्मित गुरुङ्ग

लाज लाग्छ किन किन आजभोलि मलाई
यौवन फूल्यो आफै भित्र सुनाई दिउ कस्लाई
ए साथी लौ न मलाई चाहानाले पा-यो बर्वादी
धकधक गर्दै वढ्ने धड्कनले पा-यो आपत्ती
--
डाडा माथी नाचु भने आखाहरुले देख्छन्
वनभरी गाउ भने भाकाहरुले सुन्छन्
कता जाउ कसो गरु लागि रहन्छ मन
चुपचाप बसु भने पनि कुत्कुत्याउछ झन
--
फूल टिपी हिडु भने मायाहरुले भेट्छन्
एक्लै कतै बसु भने सुन्यताले सोध्छन्
के के देखु कसो भनु लागि रहन्छ मन
चालमारी लुकु भने पनि झस्काउछ झन
__
३.सोच्दा यहा
स्वर - दीप श्रेष्ठ

सोच्दा यहां सारा संसार आफनै जस्तो लाग्छ
जीउनु पर्दा भने एक्लै हुनु पर्दोरहेछ
देख्दा यहां सारा संसार राम्रै जस्तो लाग्छ
भोग्नु पर्दा भने एक्लै दुख पीउनु पर्दोरहेछ
--
हेरीहिडे दुनियालाई अनेक थरी देखे
मीठा भन्दा तिता कुरा मैले धेरै सुने
छाती भरि चोट बोकी दुखहरु लेखे
दुख्नु भन्दा सहनु नै एउटै बाटो भेटे
--
ब्यथाहरु सहदा सहदै भावनालाई च्याते
नमातिउ भन्दा भन्दै प्याला भरी माते
खुशी हुदा कहिले काही दुख कुल्चि नाचे
आफन्तको नजर माथी चढ्दै झर्दै बाचे
___
४.माथी चडु हिउपहिरो
स्वर - यम वराल

माथी चडु हिउ पहिरो तल झरु तारेभीर
निष्ठुरीको मायाले पार्नु पारयो पीर
--
हासी खेली संगै बस्दा तिम्रै हुन्छु भन्थि
डाडा पाखा संगै डुल्दा कसम मेरै खान्थी
आफ्नै सम्झे उनको बोली झुट्टो रहेछ आखीर
निष्ठुरीको मायाले पार्नु पारयो पीर
--
बिर्सने पो हो कि भन्दा आगो छुन्छु भन्थि
मुङलान जाने दिन गन्दा विलौना नै गर्थी
आफ्नै सम्झे उनको माया झुट्टो रहेछ आखीर
निष्ठुरीको मायाले पार्नु पारयो पीर
___
५. दुखीयाको
स्वर - राजेश पायल राइ

दुखीयाको एउटा झुप्रो पहाडको गाउमा छ
मन रम्ने एउटा संसार त्यही ठाउमा छ
--
वारीवन पारीवन घुमी हिड्दा सधै रमाईलो
बर्खेझरी परे पछि घाम लाग्दा साह्रै घमाईलो
हासी खुशी दिन बित्छ यहा मेलापात धाउदा
तिर्खा मेटिन्छ नी उकालीमा जरुवाको पानी पिउदा
--
गाउ राम्रो ठाउ राम्रो यहा कोही हुन्न बिरानो
दोहोरीको भाका संगै भेटिन्छ नी मनको उज्यालो
नाची गाई दिन बित्छ यहा दाउरा घास काट्दा
दुख बिर्सीन्छ नी चौतारीमा चैतको हावा खादा
___
६ . चट्याङ्ग प-यो
स्वर - कृष्णभक्त राइ

चट्याङ्ग प-यो आघातको आफ्नै शिर माथी
दुख पर्दा साथ दिने कोहि हुन्न साथी
--
यति धेरै मानिसमा
मेरै मात्र दुख्ने छाती कहिले होला जाती
यति धेरै चाहनामा
मेरै मन जल्छ सधै किन होला राती
--
बर्षात भयो आपतीको आफ्नै जीत माथी
रुनु पर्दा साथ दिने कोहि हुन्न साथी
--
यति धेरै भावनामा
मेरै आत गल्छ यसै किन होला आती
यति लामो जिन्दगीमा
मेरै सामु र्छाई दिन्छ कहालिदो राती
--
पहिरो गयो बिपतीको आफ्नै भाग्य माथी
जीउनु पर्दा साथ दिने कोहि हुन्न साथी
___
७.बषन्तको
स्वर - पवित्र सुव्वा

बसन्तको आगनीमा काइली बोल्यो की
लुकी छिपी फुलबारीमा माया बोल्यो की
मुरलीको भाकैमा रनबन गुन्जियो की
सपनीमा ह कि बिपनीमा कोही हास्यो की
--
यौवन फुल्यो आफैभित्र हास्न थाल्छ यो मन
मायालु हो कि झझल्को हो कति अनौठो क्षण
काउकुति लाग्न थाल्यो मलाई आफै भित्र काहा
देखिन्छ नी चारैतिर हर्राई जाने छाया
--
यो मन खुल्यो बतास संगै उड्छ वर पर
पीरती हो कि बैश पो हो छैन यसको भर
बाडुली लाग्न थाल्यो मलाई सुन्ने कसले यहा
सुसेलीको भाकालाई खोज्ने मैले काहा
___
८.आजकालको
स्वर - ज्ञान सुव्वा

जकालको समय पनि कस्तो कस्तो
बजारको भाउ भन्दा पनि माया सस्तो
--
नपाउनेलाई केहि छैन कसैलाई अङ्गालो धेरै
नहुनेलाई नाता छैन कसैलाई साथ धेरै
साचो माया लाउनेलाई भाजो हाली दिन्छ
फूल जस्तो वाचालाई कुल्चि अन्तै जान्छ
--
प्रेमीलाई थाहै छैन ख्यालैख्यालमा वाचा बाध्ने
लजाउने बातै छैन पहिलो भेट माया गास्ने
हासो यहा पाउनेलाई इर्श्या गरी दिन्छ
वनावटी प्रेमलाई सवले साचो ठान्छ
___
९. ढुङ्गा कस्ले हान्यो होला
स्वर - रोसन गुरुङ्ग

ढुङ्गा कस्ले हान्यो होला शान्त मनको तलाउमा
फुल कस्ले राख्यो होला प्रीती भाक्ने देउरालीमा
--
बोलाए झै लाग्छ कता कता आज भोली कसैले
जिस्क्याए झै लाग्छ एकान्तमा मन खोली उसैले
छाया प-यो निर्दोषीको कुल्चु भने पाप लाग्ने
चाह बढ्यो पीरतीको बिर्सु भने याद बढ्ने
--
झस्काए झै लाग्छ मलाई कोही आई निदरीमा
तडपाए झै लाग्छ उर्लि आउदा हरेक सम्झनामा
घाउ लाग्यो मोहनीको फुकाउ भने ब्यथा बढ्ने
प्रीती बस्यो अन्जानको सझाउ भने बात लाग्ने
___
१०. हे चरी
स्वर - प्रकाश श्रेष्ठ

हे चरी भुरुरु उडि पु-याई देउ है यो शन्देश
नौ डाडा पारी तिम्रो खसमले सम्झेछ भनेर
हे चरी भुरुरु उडि लगि देउ मनको ब्यथा
समुद्र पारी तिम्रो प्रीयतम्ले सोधेछ भनेर
--
मन थियो तिमी संग जुनि जुनि बाच्ने
आशा थियो तिमी संग हासी हासी नाच्ने
हुरी चल्यो बिवशताको उडाइ लग्यो टाढा टाढा
बाढी चल्यो बाध्यताको बगाई लग्यो कता कता
--
नाता थियो तिमी संग जनम जनम रहने
माया थियो तिमी संग युगौ साची राख्ने
आधी चल्यो बिछोडको पारी दियो एक्लाएक्लै
छाल उर्ल्यो बेदनाको दुखाई दियो मुटु भित्रै
___
११.शान्ति
स्वर - उदय सोताङ्ग

वुद्धम् शरणम् गच्छामी
शरणम् शरणम् शरणम्र्
धर्मम् शरणम् शरणम्
शान्ति शान्ति शान्ति शान्ति
--
अव हामीले त्याग्नु पर्छ युद्ध र क्रान्ति
सवै मीली बिश्वमा फैलाउनु पर्छ शान्ति
देश शान्ति विश्व शान्ति शान्ति शान्ति
--
युद्धले होईन प्रेमले जित्नु पर्छ मानिसलाई
रगतले होइन अहिंसाले पोत्नु पर्छ संसारलाई
सवै मान्छे एउटै हो रगत सवको रातो हुन्छ
फूलरुपी जीवन हो फूल्न सवले पाउनु पर्छ
--
घृणाले होइन श्रद्धाले जित्नु पर्छ द्वेशलाई
द्वन्दले होईन मीत्रताले अंगाल्नु पर्छ युद्धलाई
धरती पुण्य भूमी हो माटो सवलाई प्यारो हुन्छ
आकाश साझा छानो हो मानवताको वास हुन्छ

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: